नेपालमा फेरि सुरु भयो न्यून चापीय प्रणालीको प्रभाव (३ दिनसम्मको मौसम यस्तो छ)

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार केही दिनयता उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको नेपालमा फेरि न्यून चापीय प्रणालीको प्रभाव सुरु भएको छ।
बिहीबार साँझबाट भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव पर्न थालेको महाशाखाले जनाएको छ । मौसमविद्का अनुसार मौसममा विभिन्न मौसमी प्रणाली आउनेरजाने भइरहन्छ।
अहिले आज (शुक्रबार बिहान) देशको केही पहाडी भेगमा मौसम आंशिक बदली भएको छ भने तराईमा बाक्लो हुस्सुरकुहिरो लागेको छ। देशका बाँकी स्थानमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। महाशाखाले आज (शुक्रबार) बिहान ६ बजे जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ :
माघ १६ गते शुक्रबार
दिउँसो : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का हिमापातको सम्भावना छ।
राती : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का हिमापातको सम्भावना छ।
माघ १७ गते शनिबार
दिउँसो : प्रदेश नम्बर १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
राती : प्रदेश नम्बर १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपाको सम्भावना छ।
माघ १८ गते आइतबार
दिउँसो : प्रदेश नम्बर १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपाको सम्भावना छ।
राती : प्रदेश नम्बर १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपाको सम्भावना छ।

प्रतिक्रिया