बिहीबार, माघ १०, २०८१

वडाध्यक्षसहितका ४ जना हत्यामा संलग्न

नेपालखोज २०७७ माघ १६ गते ११:३७

बझाङ । बझाङ प्रहरीले एक युवकको हत्यामा संलग्न भएको आरोपमा वडाध्यक्षसहितका ४ जनालाई सार्वजनिक गरेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी हत्या आरोपी छबिसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडी, प्रकाश ऐडी, केदार ऐडी र ज्ञानबहादुर कडायतलाई सार्वजनिक गरेको हो ।

उनीहरुलाई छबिसपाथिभेरा गाउँपालिकाका अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको गरी सार्वजनिक गरीएको हो ।

छबिसपाथिभेरा गाउँपालिका–३ को बन्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवादपछि सिंहको हत्या भएको थियो । खुँडा प्रहार गरेर सिंहको हत्या गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया