शुक्रबार, जेठ ४, २०८१

नेम्वाङका दुबै छाेरा काठमाडाैंमा, पशुपति आर्यघाटमा दाहसंस्कार गरिने

नेपालखोज २०८० भदौ २७ गते १३:१०

काठमाडौं । दिवंगत एमाले नेता सुवासचन्द्र नेम्वाङका दुवै छोरा बुबाको अन्तिम संस्कारका लागि विदेशबाट फर्किएका छन् ।

नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे पशुपतिमा हुने बताइएको छ । सरकारले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गर्दै अन्त्येष्टिका दिन शोक विदा दिने निर्णय गरेको छ। एमालेले पनि शोकमा सबै औपचारिक कार्यक्रमहरू स्थगित गरेको छ ।

एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता नेम्वाङको हृदयघातका कारण गएराति निधन भएको थियो । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका उनलाई गएराति अचानक हृदयघात भएको थियो ।

हृदयघात लगत्तै उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएका उनको उपचारको क्रममा निधन भएको थियो ।

प्रतिक्रिया