प्रचण्ड नेपाल समूहले निर्वाचन आयोगसँग माग्यो थप समय

नेपालखोज २०७७ माघ १६ गते १२:३१

काठमाडौं । निर्वाचन आयोगले गर्न लागेको छलफल केहि दिन पछि सार्न प्रचण्ड माधव समूहले समय मागेको छ । नेकपाको दुबै समूहसँग गर्न लागिएको छलफल केही दिन पर सार्नप्रचण्ड माधव समूहले निर्वाचन आयोगलाई आग्रह गरेको हो ।

आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन र निर्वाचनको तयारीबारे हालसम्म भएको कामबारे छलफल गर्न नेकपाको दुबै पक्षलाई बोलाएको थियो ।

तर अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड माघ १८ गतेसम्म उपत्यका बाहिर राजनीतिक कार्यक्रममा व्यस्त रहेको र आयोगले गर्ने छलफलमा अध्यक्ष स्वयंम उपस्थित हुन चाहेकाले शुक्रबारको छलफलमा सहभागीहुन नसक्ने प्रचण्ड माधव समूहले बताएको छ ।

प्रचण्ड माधव समूहका नेताहरु आयोगमा पुगेर १८ गतेपछि उपयुक्त समयमा छलफल गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया