सोमबार, वैशाख ८, २०८२

स्रोत नखुलेको ३८ लाख सहित पाँच जना न्युरोडबाट पक्राउ

नेपालखोज २०७७ माघ १६ गते १३:३८

काठमाडौं । स्रोत नखुलेको ३८ लाख ७ हजार नगद केही थान चेक सहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका २२ न्यूरोडबाट नगद र २२ लाख आठ हजार एक सय ५० रूपैयाँ लेखिएका २४ थान चेक सहित पाँच जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा हुम्ला सार्केगार्ड गाउँपालिका १ घर भएका २७ वर्षीय नवराज रावत, २८ वर्षीय संजय बुढा, ३० वर्षीय गोपाल रावत, मकवानपुर थाहा नगरपालिका ११ बस्ने २७ वर्षीया सानुमाया तमाङ र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका ७ बस्ने २७ वर्षीय भीमसेन बहादुर तमाङ रहेका छन् ।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले शंकास्पदरुपमा हिँडिरहेका उनीहरूलाई नियन्त्रणमा लिई तलासी गर्दा उक्त रकम र चेक फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारबाहीको लागि सम्पति सुद्दिकरण बिभाग पुल्चोक पठाइने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया