संसद् पुनर्स्थापनाको माग गर्दै जसपाले २९ माघसम्म प्रतिगमन विरोधी संघर्ष गर्ने
नेपालखोज
२०७७ माघ १६ गते १४:२८

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसद् पुनर्स्थापनाको माग गर्दै विरोध कार्यक्रम जारी राख्ने भएको छ ।
शुक्रबार बसेको पदाधिकारी बैठकले प्रतिगमन विरोधी संघर्षलाई जारी राख्ने निर्णय भएको जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
प्रतिनितिधिसभा पुनर्स्थापनाको माग गर्दै माघ २९ गतेसम्म पुत्ला दहन र मसाल जुलुस लगायतका विरोध कार्यक्रम गर्ने भएको छ ।
माघ २३ गते जिल्ला, २५ गते संघ र प्रदेश निर्वाचन क्षेत्र, माघ २७ गते पालिकाहरू र २९ गते वडा तहमा संसद् विघटनको विरोधमा कार्यक्रम गर्न लागेको हो । वृहत् जनसभा भने केही दिनमा तय हुने अध्यक्ष यादवले जानकारी दिए ।
संघर्षका कार्यक्रम र पार्टी समायोजन कार्यक्रम सँगसँगै लैजाने जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया