जरुरी पर्यो भने हामी संसद बैठक बस्छौं : प्रचण्ड
नेपालखोज
२०७७ माघ १६ गते १७:०४

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ आवश्यक परेको खण्डमा संसद बैठक बस्ने बताएका छन् । संसद विघटनविरुद्ध शुक्रबार विराटनगरमा आयोजित दाहाल–नेपाल पक्षको विरोध सभामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।
संसद विघटन सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधिन रहेको हुँदा संसद बैठक नबसकेको भन्दै उनले आवश्यक परे संसद बैठक बसेर केपी ओलीलाई कारबाही गर्ने बताए ।
आफूलाई सर्वोच्च अदालतप्रति विश्वास रहेको उनको भनाइ छ । उनले भने, ‘सर्वोच्चले सही फैसला गर्छ भन्ने विश्वास छ । जरुरी पर्यो भने हामी संसद बैठक बस्छौँ । सभामुखले बैठक आह्वान गर्छन् । हामी ओलीलाई कारबाही गर्छौ ।’
बाहिर ओलीले अदालतसँग सेटिङ गरेको हल्ला चलाइएको भन्दै प्रचण्डले अब जनताले सेटिङ गर्ने चेतावनी दिए ।
सम्बन्धित

प्रतिक्रिया