प्रधान सेनापति र अमेरिकी महामहिम राजदूतबीच भेटवार्ता
नेपालखोज
२०७७ माघ १६ गते २०:१७

काठमाडौं । प्रधान सेनापति र अमेरिकी महामहिम राजदूतबीच भेटवार्ता भएको छ । आज (शुुक्रबार) प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले मित्रराष्ट्र अमेरिकाका राजदूत महामहिम र्याण्डी. डल्लु बेरीसंग जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका हुन ।
प्र्रधान सेनापति थापा र अमेरिकाका राजदूत बेरीबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
यस किसिमको नियमित भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जानकारी सेनाले बिज्ञप्ती मार्फत दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया