मंगलबार, वैशाख ४, २०८१

माग पूरा गर्न ओलीलाई नेपाल समूहले दिएको ‘अल्टिमेटम’ सकिन अब १ घण्टा मात्र बाँकी

नेपालखोज २०७८ वैशाख २७ गते ८:०५

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफ्ना माग पूरा गर्न ‘अल्टिमेटम’ दिएको छ । नेपाल-खनाल समूहले २०७५ जेठ २ गतेकै अवस्थामा फर्कन अध्यक्ष ओलीलाई आज (सोमबार) बिहान ९ बजेसम्म अन्तिम मौका दिएको हो । अब उक्त अल्टिमेटम सकिन मात्र एक घण्टा बाँकी छ ।

सिंहदरबारमा हिजो बसेको नेपाल-खनाल समूहको बैठकले ओलीले आज ९ बजेसम्म पनि आफ्ना माग सम्बोधन नगरे आजै (सोमबार) बैठक बसेर जस्तोसुकै निर्णय गर्न बाध्य हुने चेतावनी पनि दिएको छ ।

यसअघि हिजो प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले पार्टी एकताको पक्षमा लाग्न नेता कार्यकर्तालाई अपिल गरेका थिए ।

प्रतिक्रिया