आजको मौसम : हिमाली भूभागमा हिमपातको सम्भावना

नेपालखोज २०७७ माघ १७ गते ६:५२

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा शनिबारको मौसममा पनि आंशिक बदली रहने भएको छ । यस बाहेक अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन्।

प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। शनिबार राति प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा राति हल्का हिमपातको सम्भावना रहेको छ। अहिले बिहान देशको केही पहाडी भूभागहरुमा आंशिक बदलीको अवस्था रहेको छ ।

साथै तराईका केही भूभागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको मौसमविदले बताएका छन्। पहाडमा हिमपात तथा तराईका भूभागहरुमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।

प्रतिक्रिया