जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली चितवन जाँदै
नेपालखोज
२०७७ माघ १७ गते ९:३८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाँदै छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ओली समूहले चितवनमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओलीसिहतका केही शीर्ष नेता चितवन जान लागेका हुन् ।
चितवन जिल्ला कमिटीको आयोजनामा हुने सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । मध्याह्न साढे १२ बजे केन्द्रीय बस टर्मिनल भरतपुरमा आयोजना हुने सभालाई प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया