सोमबार, वैशाख ८, २०८२

प्रतिनिधिसभा विघटनविरुद्ध जसपाले माघ २९ गते वडा तहसम्मै प्रदर्शन गर्ने

नेपालखोज २०७७ माघ १७ गते १०:३७

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले स्थानीय तहको वडासम्मै प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्ने भएको छ । शीर्ष नेताहरूको हिजो बसेको बैठकले माघ २९ गते वडा तहमा प्रदर्शन गर्ने निर्णय गरेको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

सोही दिन एकीकरण पहिलेको तत्कालीन दुई पार्टी राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम (ससफो) नेपालको वडा तहमा समयोजन हुनेछ । समायोजन गरेपछि प्रदर्शन गर्ने नेता कर्णले बताए ।

जसपाले माघ २३ गते जिल्ला, २५ गते प्रदेश तथा निर्वाचन क्षेत्र र २७ गते स्थानीय तहस्तरमा प्रदर्शन गर्ने जसपाले यसअघि नै निर्णय गरेको छ । जसपाको यो प्रतिनिधिसभा विघटनविरुद्धको तेस्रो चरणको प्रदर्शन हो। सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि जसपा आन्दोलिन हुँदै आएको छ ।

प्रतिक्रिया