आइतबार, जेठ ६, २०८१

रोनाल्डोले नियमअनुसार ४ सय पाउन्ड जरिवाना तिनुपर्ने

नेपालखोज २०७७ माघ १७ गते ११:४१

काठमाडौं । पोर्चुगल र युभेन्टसका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो समस्यामा पर्न सक्ने बताइएको छ । उनीविरुद्ध कोरोना नियम उल्लंघन गरेको आरोप लागेको छ ।

कोरोनाको समयमा उनी २ दिन रेस्टा पहाडमा छुट्टि मनाउन गएका थिए । अहिले प्रहरीले यस आरोपविरुद्ध जाँच गरिरहेको छ ।

इटालियन क्लव युभेन्टसबाट रोनाल्डो आफ्नो पार्टनर जर्जिना रोड्रिग्ससँग छुट्टी मनाउन मंगलवार र बुधवार नर्थ वेस्ट इटालीको वालले डि आस्टा क्षेत्रमा छुट्टि मनाउन गएका थिए ।

उनीहरुको भिडियो सोसल मिडियामा अहिले भाइरल भइरहेको छ ।

इटालियन सरकारले कसैलाई पनि बाहिर घुम्न वा बिदा मनाउन अनुमति नदिइरहेको बेला युभेन्टसका पोर्चुगल कप्तान क्रिस्टियानो रोनाल्डोले सरकारी प्रोटोकल तोडेका छन् ।

प्रेमिका जर्जिनाको २७औँ जन्मोत्सव भव्य रूपमा मनाउन रोनाल्डो सपरिवार इटालीकै अति नै महँगो भाले डी आओस्टा स्की रिसोर्टमा पुगेको समाचार संस्था डेलो स्पोरट्समा उल्लेख छ । युभेन्टसले खेल समाप्तिको दुई दिनसम्म आफ्ना खेलाडीलाई होटेलबाट बाहिर ननिस्कन निर्देशन दिएको अवस्थामा रोनाल्डोले सरकारी पोर्टकल तोडेको बताएको छ ।

गत वर्ष इटालीमा कोरोना भाइरस कोभिड–१९ महामारीका रूपमा फैलिएपछि सरकारले २०२१ मा कोभिड–१९ माथि नियन्त्रण गर्ने उद्देश्यले नै स्वदेशी तथा विदेशीलाई सिमाना, एक सहरबाट अर्के सहरमा मनोरञ्जन वा बिदा मनाउने अनुमति दिएको छैन । गत साता मात्र विश्व फुटबलमा सर्वाधिक ७ सय ६० गोलको विश्वकीर्तिमान स्थापित गरेका रोनाल्डोले एकैपटक दुई नियम तोडेका कारण नै प्रहरीद्वारा अनुसन्धान प्रक्रिया अघि बढाइएको डेलो स्पोट्स पत्रिकाले जनाएको छ ।

रोनाल्डोले बुधवार आफ्नो इन्स्टाग्राममा प्रेमिकाको जन्मदिन मनाइरहेको फोटो सेयर गर्दै सबैलाई धन्यवाद समेत दिएको छन् । जन्मदिनको शुभकामना छ, हामी सधैँ माया गरिरहन्छौँ, बधाई छ मेरो जीवनलाई जर्जिना भनी उनले इन्स्टाग्राममा लेखेका छन्

समाचारमा जनाइए अनुसार सामाजिक सञ्जालमा रोनाल्डो र उनकी प्रेमिकाबीचको फोटो सेयर भएपछि मात्र नियम तोडिएको थाहा पाइएको थियो । त्यसपछि मात्र रोनाल्डोमाथि अनुसन्धान अघि बढाइएको हो । वेएन स्पोर्टस् पत्रिकाले रोनाल्डो कारबाहीमा परे कम्तीमा उनले नियमअनुसार ४ सय पाउन्ड जरिवाना तिनुपर्ने हुन्छ ।

प्रतिक्रिया