मंगलबार, जेठ १, २०८१

ताजा जनादेश उपयुक्त हुने: कमल थापा

नेपालखोज २०७७ माघ १७ गते ११:५६

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको असफलता र अकर्मण्यताबाट मुक्तिकोलागि ताजा जनादेश उपयुक्त हुने बताएका छन् । शनिवार सामाजिक सञ्जलामार्फत अध्यक्ष थापाले सो कुरा बताएका हुन् ।

उनले नयाँ चुनावको समर्थन केपी ओली वा सरकारको समर्थन नभएको पनि बताएका छन् । नयाँ चुनावमा जांदा संविधानको हत्या हुन्छ भन्नु संविधान र प्रजातन्त्र सम्मत नभएको बताएका छन् ।

उनले भने नयाँ चुनावमा जांदा संविधानको हत्या हुन्छ भन्नु संविधान र प्रजातन्त्र सम्मत छैन। नयाँ चुनावको समर्थन केपी ओली वा सरकारको समर्थन होइन।संसदीय प्रजातन्त्र र संवैधानिक मूल्य मान्यता प्रतिको बिश्वासको अभिव्यक्ति हो। केपी ओलीको असफलता र अकर्मण्यताबाट मुक्तिकोलागि पनि ताजा जनादेश उपयुक्त हुन्छ।

प्रतिक्रिया