संसद् विघटनविरुद्ध नागरिकको अहिंसात्मक प्रदर्शन
नेपालखोज
२०७७ माघ १७ गते १२:३७
काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा शनिबार पनि काठमाडौँमा नागरिक समाजले प्रदर्शन गरेको छ । डा. गोविन्द केसीको अगुवाईमा अहिंसात्मक नागरिक प्रदर्शन भएको हो ।
प्रदर्शनका सहभागीहरुले ‘प्रतिनिधिसभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन, नागरिक अघि बढ्दै छ, सर्वसत्तावाद ढल्दैछ’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते प्रतिनिधिसभा भंग गरेपछि सडकमा दिनहुँ प्रदर्शन भइरहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया