आइतबार, वैशाख २३, २०८१

पार्टीमा मात्रै होइन सडकमा पनि ओली एक तिहाइमात्रै हो : प्रचण्ड

नेपालखोज २०७७ माघ १७ गते १५:१२

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा मात्रै नभएर सडकमा पनि ओली एकतिहाइ मात्रै भएको बताएका छन् । प्रचण्ड–नेपाल समूहले धनगढीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

ओलीले सुदूपश्चिममा सभा गरेपछि फुर्कंदै÷घमण्ड गर्दै हिँडे पनि आजको सभाले ओलीको घमण्डलाई चकनाचुर बनाइदिएको उनको भनाइ थियो । उनले ओली पार्टीमा मात्रै होइन सडकमा पनि एकतिहाइ हो भन्ने आजको प्रदर्शनले सावित गरिदिएको बताए ।

‘केपी ओलीको केन्द्रीय समितिमा एक तिहाइ पनि पुगेको छैन । स्थायी समितिमा पनि एक तिहाइ छैन। उहाँले घमण्ड गर्नहुन्थ्यो, सडकमा मेरो पक्षमा छन् भनेर फुर्ती गर्नुहुन्थ्यो’, प्रचण्डले भने, ‘धनगढीमा उहाँ सहभागी कार्यक्रममा भएको जनसहभागितालाई लिएर फुर्ती लगाउनु भएको थियो तर आजको विशाल सहभागिताले उहाँको घमण्डलाई चुरचुर बनाइदिनु भयो ।’

प्रतिक्रिया