स्रोत नखुलेको रकमसहित एयरपोर्टबाट एक युवक पक्राउ
नेपालखोज
२०७७ माघ १७ गते १६:२३

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको रकमसहित एक युवक पक्राउ परेका छन् । विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट स्रोत नखुलेको १० लाख रुपैयाँ र एक हजार ५ सय अमेरिकी डलरसहित काठमाडौं–१४ कलंकी बस्ने २८ वर्षीय आशिष खाती क्षेत्रीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
नेपाल एयरलाईन्सको उडानद्वारा दुवई जान लागेका क्षेत्रीलाई जाँच गर्ने क्रममा उक्त रकमसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया