सोलुखुम्बुमा आगलागी हुँदा दुई बालवालिकाको मृत्यु
नेपालखोज
२०७७ माघ १७ गते १८:३५

सोलुखुम्बु । सोलुखुम्बुमा आगलागीमा परि दुई बालवालिकाको मृत्यु भएको छ । नेचासल्यान गाउँपालिका वडा नम्बर २ सल्यानका टेकबहादुर निरौलाको मतनामा आगलागी हुँदा उनका नाति र नातिनीको मृत्यु भएको वडाध्यक्ष भेषकुमार बास्तोलाले जानकारी दिए।
ज्यान गुमाउनेहरुमा पाँच वर्षकी गृष्मा निरौला र सात वर्षका सुगम निरौला रहेका छन् । घाँस राख्न बनाइएको मतनाको माथिल्लो तलामा घाँसलगायतका सामाग्री राखिएको र तल्लो तलामा आगो बाल्ने ठाउँ बनाइँएको थियो ।
बालवालिकाले आगो बाल्दा आगलागी भएको बताइए पनि कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया