आजको मौसमः पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना
नेपालखोज
२०७७ माघ १८ गते ८:४९

काठमाडौं। आज बिहान काठमाडौँ उपत्यकाको तापक्रम १.८ डिग्री सेल्सियस मापन गरिएको छ । पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले आज पनि तराई भू-भागमा बाक्लो हुस्सु लागेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति प्रदेश- १ का उच्च पहाडी र हिमाली भेगका एक दुई स्थानमा हिमपातको सम्भावना छ ।
त्यस्तै, आज दिउँसो प्रदेश न. १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
यसैगरी, आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
सम्बन्धित

प्रतिक्रिया