प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाको धर्ना, माइतीघरको चिसो भुइँमा प्रचण्ड–नेपाल
नेपालखोज
२०७७ माघ १८ गते १२:५२

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले काठमाडौंको माइतीघर मण्डलामा धर्ना कार्यक्रम गरेको छ ।
आइतबार मध्याह्न १२ बजेबाट सुरु भएको धर्ना कार्यक्रमा नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायतका नेता तथा कार्यकता सहभागी भएका छन् ।
१४ माघदेखि जारी धर्ना कार्यक्रममा यही माघ २१ गतेसम्म जारी रहने प्रचण्ड–नेपाल समूहले जनाएको छ ।
प्रतिनिधिसभा विघटनको विरोधमा दोस्रो चरणको आन्दोलनअन्तर्गत धर्ना कार्यक्रममा शीर्ष नेतासहित विघटित प्रतिनिधिसभाका सदस्य, राष्ट्रिय सभाका सदस्य र प्रदेशसभा सदस्यहरु सहभागी भएका छन् ।
सम्बन्धित

प्रतिक्रिया