काठमाडौंबाट जनकपुर जाँदै गरेको सुमो काभ्रेमा दुर्घटना, १० घाइते

नेपालखोज २०७७ माघ १८ गते १७:१२

काठमाडौं । काठमाडौंबाट जनकपुरतर्फ जाँदै टाटा सुमो काभ्रेको नमोबुद्ध नगरपालिका–२ स्थित बुच्चाकोटमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

ज १ ञ २३३ नम्बरको टाटा सुमो सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी कुमारविक्रम थापाले जानकारी दिए । दुर्घटनामा परी घाइते भएकामध्ये सुमो चालक र एक महिला गरी दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

मोटरसाइललाई समेत ठक्कर दिएर उक्त जिप सडकबाट तल खसेको ट्राफिक प्रहरी निरीक्षक विशाल तामाङले बताए । ‘ओभरटेक गर्न खोजेको बाइकलाई जोगाउन खोज्दा ठक्कर दिएर गाडी खसेको देखिन्छ । प्रदेश प्रदेश 0२-00-१-प ९७४५ नम्बरको बाइकमा सवार दुई जना पनि घाइते भएका छन् । दुर्घटनाका बारेमा थप छानबिन हुँदैछ,’ उनले भने ।

अहिले घाइतेहरुको उद्धार गरी एम्बुलेन्समार्फत अस्पताल लैजाने काम भइरहेको नमोबुद्ध नगरपालिकाका मेयर टीपी शर्मा तिमल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया