शुक्रबार, वैशाख १२, २०८२

ओली तानाशाह बन्न खोजे : बाबुराम भट्टराई

नेपालखोज २०७७ माघ १८ गते २०:५९

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले तोके कै मितिमा चुनाव गराउन नसक्ने बताएका छ ।

रोल्पाका लिवाङमा आइतबार भएको कार्यक्रममा बोल्दै डा. भट्टराईले नजित्ने भएकाले ओलीले चुनाव नगर्ने दाबी गरेका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले ओली तानाशाह नै बन्न खोजेको आरोप लगाएका छन् । साथै उनले संवैधानिक अंगहरु आफ्ना मान्छे राखेको भन्दै अदालतको स्वायत्तता र स्वविवेकमाथि पनि प्रश्न समेत उठाएका छन् ।

राजाले जस्तै ओलीले पनि नेपालमा राजनीतिक ‘‘कु” गरेर अहिलेको व्यवस्था फाल्न खोजेको उनको आरोप छ ।

प्रतिक्रिया