आइतबार, माघ १३, २०८१

चीनले नेपाललाई ३ लाख कोरोनाविरुद्धको भ्याक्सिन अनुदान सहयोग गर्ने

नेपालखोज २०७७ माघ १८ गते २१:५८

काठमाडौं । छिमेकी मुलुक चीनले नेपाललाई कोभिड–१९ विरुद्धको भ्याक्सिन अनुदान सहयोग दिने भएको छ । चीनले नेपाललाई ३ लाख डोजको कोभिड खोप अनुदान सहयोग गर्ने भएको हो ।

Advertisement

आइतबार नेपाली मिडियालाई प्रक्रिया दिँदै नेपालस्थिल चिनियाँ राजदूतावासका तृतीया सचिव लुआन सीउतानले चीन सरकारले एक लाख ५० हजार नेपालीलाई लगाउन पुग्ने गरी ३ लाख डोज खोप उपलब्ध गराउन लागेको जानकारी दिएका हुन् ।

चीनले सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको भ्याक्सिन नेपाललाई दिन लागेको हो ।
सिनोफार्मको खोप सुरक्षित र प्रभावकारी हुनुका साथै विश्व स्वास्थ्य संगठनले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरेको चिनियाँ दूतावसको दाबी छ ।

उक्त खोपलाई ससर्त अनुमति दिएको र हालसम्म २ केरोड ४० लाख जनालाई खोप दिइसकेको दाबी चीन सरकारको छ ।

दूतावासका अनुसार खोपको ‘एफिकेसी’ ७९.३४ प्रतिशत रहेको, यूएई, ईजिप्ट, हंगेरी र पाकिस्तानलगायत विश्वका १३ वटा राष्ट्रमा यसले आपत्कालीन प्रयोग अनुमति प्राप्त गरिसकेको छ ।

यसअघि भारत सरकारको अनुदानमा यही माघ ८ गते १० लाख खोप नेपाल आएको थियो ।

प्रतिक्रिया