शनिबार, माघ १२, २०८१

आजको मौसमः पहाडमा हिमपात, तराईमा हुस्सु

नेपालखोज २०७७ माघ १९ गते ८:४४

काठमाडौं । सोमबार देशका पहाडी भू-भागमा मौसममा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखले जानकारी दिएकाे छ ।

Advertisement

दिउँसाे प्रदेश १ र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी, प्रदेश १ र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा सोमबार राति पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएकाे छ।

पहाडमा हिमपात र तराईका भू-भागहरुमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया