सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन माघ अन्तिम सातादेखि
नेपालखोज
२०७७ माघ १९ गते १०:०१
धनगढी । सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन माघ अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले यही माघ २६ गतेदेखि सातौँ तथा हिउँदे अधिवेशन आहृवान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
गत साउन ३१ गते प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएको थियो । त्यसपछि प्रदेशसभा सचिवालयमा अहिलेसम्म कुनै पनि नयाँ विधेयक दर्ता भएका छैनन् ।
छैटौँ अधिवेशनसम्म प्रदेशसभामा दर्ता भएका ४४ विधेयकमध्ये ४२ विधेयक पारित भइसकेका छन् भने दुई वटा विधेयक विचाराधिन रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया