संसद् विघटनविरुद्ध कांग्रेसका १३ वटै भ्रातृ संस्थाले विरोध प्रदर्शन गर्दै
नेपालखोज
२०७७ माघ १९ गते १०:२१
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका १३ वटै भ्रातृ संस्थाले आज (सोमबार) संयुक्त विरोध प्रदर्शन गर्ने भएका छन् ।
भ्रातृ संस्था नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघलगायतले आज ७७ वटै जिल्लामा एकसाथ प्रदर्शन गर्न लागेको कांग्रेसले जनाएको छ ।
संसद् विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिडविरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासीनता लगायतका मुद्दालाई अघि सारेर प्रदर्शन गर्न लागेको जनाइएको छ ।
काठमाडौंको भोटाहिटीबाट दिउँसो १ बजे विरोध प्रदर्शन शुरु हुने नेपाल आदिवासी जनजाति संघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया