शुक्रबार, जेठ ४, २०८१

थपिए १२ संक्रमित, ८९ जना डिस्चार्ज

नेपालखोज २०७८ चैत २५ गते १७:००

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट २ हजार ७२८ पीसीआर परीक्षण गर्दा ११ जना र १ हजार ६२१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ जना गरि कुल १२ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हाल ६६९ सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, चौबीस घण्टामा थप ८९ जना कोरोना भाइरस संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६५ हजार ९३६ पुगेको छ । कोरोना संक्रमण निको हुनेदर ९८ दशमलव ७ प्रतिशत रहेको छ ।

त्यस्तै, चौबीस घण्टामा देशभर थप २६ हजार ४५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया