सोमबार, वैशाख २४, २०८१

कपिल शर्मा बने छोराको बाबु

नेपालखोज २०७७ माघ १९ गते १३:१०


काठमाडौं । चर्चित हास्य कलाकार कपिल शर्माले आफ्ना प्रशंसकहरुको लागि हर्षको खबर दिएका छन् । कपिल शर्मा दोस्रो सन्तानको बुवा बनेका छन् ।

यस पटक उनको एक छोरो जन्मिएका छन् । कपिल शर्मा आफैले यस शुभ समाचारलाई आफ्ना फ्यानहरूसँग साझा गरेका छन् ।

कपिल शर्माकी श्रीमती गिन्नी चतरथले यसपटक एक छोरालाई जन्म दिइन् । यो खुशीको खबर पाउने बित्तिकै फ्यानहरुका साथसाथै बलिउड कलाकारले पनि कपिल र गिन्नीलाई शुभकामना दिइरहेका छन् ।

कपिल शर्माले बिहान ६ बजे आसपास आफु र श्रीमती गिन्नीको तर्फबाट ट्वीट गर्दै लेखेका छन् । नमस्कार, आज बिहान हामीले भगवानबाट आशिषको रूपमा एउटा छोरा पाएका छौं । भगवानको अनुग्रहले बच्चा र आमा दुवै स्वस्थ छन्, तपाईंको प्रेम र प्रार्थनाका लागि धन्यवाद ।

प्रतिक्रिया