झापामा आगलागीमा परी एक जनाको मृत्यु
नेपालखोज
२०७७ माघ १९ गते १३:३३

झापाः झापामा आगलागीमा परी एक जनाको मृत्यु भएको छ।
केचनकबल गाउँपालिका–१ घेराबारीस्थित एक घरमा आगलागी हुँदा अन्दाजी ६० वर्षीय गोबर्द्धन राजवंशीको मृत्यु भएको इलाका प्रहरी कार्यालय घेराबारीले जनाएको छ।
गएराति पौने १ बजे लागेको आगलागीबाट घरका अन्य सदस्य भने भागेर बाच्न सफल भएका छन्।
आगो करिब २ बजेतिर भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकल, स्थानीयवासी र घेराबारी प्रहरी टोलीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट राजवंशीका ३ वटा घर पूर्ण रुपमा जल्नुका साथै पशु चौपायासमेत जलेर मरेको प्रहरीले जनाएको छ।
आगलागीबाट भएको क्षतिको एकिन विवरण र आगलागीको कारण नखुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया