झापाको देउनिया खोलामा बगेका एक बालकको सशस्त्र प्रहरीद्वारा उद्धार
नेपालखोज
२०७७ माघ १९ गते १३:५९
झापा । झापाको बिर्तामोड नगरपालिका ७ खालवाडी स्थित देउनिया खोलामा बगेका एक बालकको सशस्त्र प्रहरीको एक टोलीले जिवितै उद्धार गरेको छ ।
सशस्त्र प्रहरीको सुरक्षा वेश गोलधापबाट डियुटीमा खटिएको एक टोलीले खोलामा बगिरहेका एक बालकलाई शुक्रबार जिवितै उद्वार गरेको हो ।
स्थानीय ३ वर्षीय बालक बिष्णु ठटाललाई खोलाले बगाइरहेका बेला सशस्त्र प्रहरीको टोली उद्धार गरेको हो ।
उद्धारपछि ती बालकलाई उनको परिवारको जिम्मा लगाएको सशस्त्र प्रहरी सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीद्वारा जारी विज्ञिप्तमा जनाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया