मंगलबार, वैशाख ११, २०८१

प्रिमियम इलेक्ट्रिक टनवल स्कुटर, यस्ता छन् विशेषता ?

नेपालखोज २०७७ माघ १९ गते १४:४१

काठमाडौं । परिनिती इभेस्टमेन्ट प्रालिले भारतीय नम्बर १ इलेक्ट्रिक स्कुटर टनवल प्रिमियम रेन्ज सहित नेपाली बजारका ल्याएको छ ।

कम्पनीले २ हजार ५ सय वाटका रोमा एस, स्ट्रोम जेडएक्स, लिथीनो एलआई र लिथीनो टु पोइन्ट जिरो गरी चार मोडलको इलेक्टीक स्कुटर बजारमा ल्याएको हो ।

रोमा एस र स्ट्रोम जेडएक्समा प्रयोग गरिएको लिथियम लायन ब्याट्री एक पटक फुल चार्ज गरेपछि स्कुटर १ सय १० किलोमिटरसम्म गुड्छ भने लिथीनो एलआई र लिथीनो टु पोइन्ट जिरोमा लिड एसिड ब्याट्री प्रयोग गरिएको छ । यी स्कुटर एकपटक फुल चार्ज गरेपछि क्रमशः ७५ र ६० किलोमिटर सम्म गुड्ने उत्पादक कम्पनीले बताएको छ ।

चोरी हुने सम्भावनालाई मध्यनजर गरी यी चारै माडलको स्कुटरमा ऐन्टीथेप्ट अर्लाम राखिएको छ साथै सुरक्षित पार्किङ स्वीचको पनि सुविधा राखिएको छ ।

प्रतिक्रिया