सोमबार, वैशाख २४, २०८१

तराईमा सिंचाइ गर्न पहाड छेडेर कोसी ल्याउँदैछौ : प्रधानमन्त्री ओली

नेपालखोज २०७७ माघ १९ गते १४:४६

धनुषा । प्रधनमन्त्री केपी शर्मा ओलीले तोकिएकै मितिमा निर्वाचन हुने बताएका छन् ।

सोमबार ढल्केबरमा विद्युतको सब–स्टेसन उद्घाटन गर्न धनुषा पुगेका प्रधानमन्त्री ओलीले चुनावको तयारीमा निर्वाचन आयोग लागि सकेकाले वैशाख १७ गते नै चुनाप हुने दाबी गरेका हुन् ।

‘धनुषाको यो क्षेत्रमा वैशाख १७ गते नै चुनाव हुन्छ । चुनावको तयारीमा लागिहाल्नुस् । तोकिएकै समयमा चुनाव हुन्छ । एकदिन पनि पर सर्दैन,’ उनले भने ।

आफूलाई मधेसविरोधी भनेर प्रचार गरिएकोमा चित्त दुखाउँदै उनले भने–‘केपी ओली मधेसीविरोधी हो भनेर कान–कानमा पु-याएका होला । ती मधेस प्रेमी डोम, चमार र दुसाधको छोरालाई काँखमा राख्न सक्छ । हेरु त कतिको मधेसीप्रेमी हो । केपी ओलीले नै मधेसमा बाटो, ढल र सिंचाइ बनाउँछ । तराईमा सिंचाइ गर्न पहाड छेडेर कोसी ल्याउँदैछौ ।’

प्रतिक्रिया