प्रचण्ड–नेपाल समूह निकट विद्यार्थीद्वारा संसद् भवन अगाडि प्रदर्शन

नेपालखोज २०७७ माघ १९ गते १६:२८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह निकट विद्यार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सोमबार प्रतिनिधिसभा विघटनविरुद्ध नयाँ बानेश्वरस्थित संसद भवन अगाडि उनीहरुले प्रदर्शन गरेका हुन् ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया