सोमबार, पुष २९, २०८१

धेरै नाका खुले पनि अझै खुलेन हिल्सा नाका

नेपालखोज २०७७ माघ १९ गते १६:५५


सिमिकोट । विगत दस महिनादेखि बन्द रहको कर्णाली प्रदेशको हिल्सा नाका अझै खुलेको छैन।

Advertisement

केही समय अगाडि नेपाल सरकारले छिमेकी चीन र भारततर्फका ३० वटा नाका खुलाउने निर्णय गरे पनि हिल्सा नाका भने त्यसमा परेको छैन ।

यसका कारण कर्णालीका जनताले दिनदिनै दुख खेप्नु परेको स्थानीयले गुनासो गरेका छन् ।

सरकारले खुला गर्ने भनिएका सीमा नाकामा हिल्सा नाका नपरेको प्रमुख जिल्ला अधिकारी चिरन्जिवी गिरीले बताए ।

यो काारण जिल्लाका जनता खुशी छैनन् ।

प्रतिक्रिया