नेकपाको आधिकारिकता माग्दै प्रचण्ड–नेपाल
नेपालखोज
२०७७ माघ १९ गते १६:५७

काठमाडौं । नेपाल कमयुनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले नेकपाको आधिकारिकता माग्दै निर्वाचन आयोगमा जाने भएको छ ।
सोमबार बबरमहलस्थित कार्की क्याङ्क्वटमा बसेको केन्द्रीय प्रचण्ड अध्यक्षताको बैठकले पार्टीको आधिकारिकता दाबी गर्दै पत्रसहित निर्वाचन आयोगमा जाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
नेकपाका दुवै पक्षले यसअघि आ आफ्नो निर्णय अभिलेखीकरणका लागि पत्र पठाएका थिए । दुवैको दाबी नपुगेको निर्णय आयोगले गरेपछि प्रचण्ड–नेपाल पक्ष दलको आधिकारिकता माग्दै आयोग जान लागेको हो ।
त्यस्तै बैठकले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यताबाट र विष्णु पौडेललाई महासचिवबाट हटाउने निर्णय गरेको छ ।
यसअघि प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले गरेको निर्णय अनुमोदनका लागि केन्द्रीय कमिटीमा पेस भएको हो ।
सम्बन्धित

प्रतिक्रिया