मंगलबार, माघ १, २०८१

सर्वोच्चले संसद् पुनर्स्थापना गर्छ : पौडेल

नेपालखोज २०७७ माघ १९ गते १९:५३

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने दाबी गरेका छन् । तनहुँको दमौलीमा भ्रातृ संस्थाले आयोजना गरेको विरोध सभामा बोल्दै उनले आशाको एक मात्र ठाउँ अदालतसमक्ष रहेको बताए । ‘प्रधानमन्त्रीले सनकको आधारमा जनताका प्रतिनिधिलाई फेस गर्न नसकेर प्रतिनिधि सभा भंग गरेका छन्,’ उनले भने,‘अब आशाको ठाउँ एक मात्र बाँकी छ । अदालतले पुनसर्थापना गर्छ र अवैधानिक कदमलाई वैधानिक बनाउँछ ।’

Advertisement

पौडेलले प्रतिनिधि सभा विघटनमा प्रधानमन्त्री मुख्य दोषी भएको भन्दै त्यसमा राष्ट्रपतिको पनि भूमिका रहेको जिकिर गरे । ‘यसमा प्रधानमन्त्री मुख्य कल्प्रिट हुन्,’ उनले भने,‘राष्ट्रपतिको पनि यसमा दोष छ ।’

प्रधानमन्त्रीको व्यक्तिगत महत्वाकांक्षा र जनताका प्रतिनिधिलाई सामना गर्ने आँट नभएका कारण प्रतिनिधि सभा भंग भएको उनले आरोप लगाए ।

पौडेलले प्रतिनिधि सभा विघटन गर्ने अवस्था प्रधानमन्त्रीसामु नभएको भन्दै यसलाई असंवैधानिक भने । उनले यसको उपचार प्रतिनिधि सभाको पुनर्स्थापना मात्र भएको भन्दै त्यसो भए मात्र पद्दती ट्रयाकमा आउने जिकिर गरे । उनले कांग्रेस यसमा स्पष्ट हुनुपर्ने भन्दै पार्टीलाई एक हुन आग्रह गरे । ‘कांग्रेस यसमा द्विविधामा हुनु हुन्न,’ उनले भने,‘म सारा पार्टीका कार्यकर्तालाई प्रतिगमनविरुद्ध एक हुन आह्वान गर्छु ।’

प्रतिक्रिया