माघ २१ देखि जुत्ता, चप्पल तथा व्यापार मेला २०७७ सुरु हुदै

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालले जुत्ता, चप्पल तथा व्यापार मेलाको आयोजना गर्ने भएको छ । नेपालले माघ २१ गतेदेखि फागुन १० गतेसम्म काठमाडौंको भृकटिमण्डपमा मेलाको आयोजना गर्ने भएको हो ।
स्वदेशी उत्पादनको प्रवद्र्धन र विकासका निमित्त यस एशोसिएसनले हरेक वर्ष मेलाको आयोजना गर्दै आएको छ । आम उपभोक्ताहरुको विचमा आफ्ना उत्पादनहरु पु¥याउने परिचित गराउने मुख्य उद्धेश्यका साथ समग्र विग्रीएको अर्थतन्त्रलाई चलायमान बनाउन र व्यापारीक र व्यावसायीक कृयाकलापलाई सहज बनाउदै लैजानमेलाको अयोजना गरेको बताइएको छ ।
सोमबार प्रत्रकारसम्मेलमा बोल्दै एफ म्यानका अध्यक्ष कृष्ण कुमार फुयालले भने, ‘हामीले विषम परिस्थितीमा समेत गर्दै आएको यस प्रकारको मेलागत वर्ष फैलिएको कोभिड १९ को माहामारिकाकारण गर्न नसक्दा आमउपभोक्तालाई पर्न गएको असरलाई मध्यनजर गर्दै हामीले सुरक्षालाई ध्यानमा राखेर फुटवेयर विजनेस एक्स्पो २०२१ आयोजना गर्न गइरहेको छौं । यो एक्स्पोमा हामिले सबै नेपाली ब्राण्डलाई एकै छानामुनी समेटेर ल्याएका छौं । यसले नेपाली जुत्ताचप्पल प्रेमिहरुलाई एकै स्थानमा सबै ब्राण्डका जुत्ता चप्पल आर्कषक छुटका साथ उपलब्ध गराउने जमर्कौ गरेका छौं ।’
कार्यक्रममा एफम्यानका पुर्व अध्यक्ष होमनाथ उपाध्यायले भने, ‘विगत एक वर्षदेखि अर्थतन्त्र थलिएकाकारण नेपाली ग्राहकको क्रय शक्तिमा आएको ह्रासलाई ध्यानमा राखेर हामिले फुटवयर क्षेत्रलाई चलायमान बनाउँदै लैजाने उदेश्यका साथफुटवेयर एक्स्पो आयोजना गरेका छौं । स्वदेशी बस्तुको प्रर्वद्धन हाम्रो अभियान भन्ने नाराका साथ सुरुहुनलागेको यो एक्स्पोमा ग्राहकले भारी छुटका साथ सामान खरिद गर्न पाउनेछन् ।’
फुटवेयर एक्स्पो २०२१ मा नेपाली ब्राण्डहरु फिटराइट, ल्याण्ड वाक, फ्रस्टवाक/आगास, कोशेली, रन, सुल्यान्ड, हाइलाइफ, क्रसरोड, रोयल सुज, बिएफ डियरहिल, गोल्डस्टार, बोस सुज, किम सुज, भेनस, फुट स्टेप, शिखर सुज, व्याम्बो सुज, पीजी लगायतका सहभागी रहेका छन् ।
प्रतिक्रिया