प्रदर्शनमा सहभागीप्रति देउवाद्वारा आभार प्रकट
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धको प्रदर्शनमा सहभागीप्रति आभार प्रकट गरेका छन् । सोमबार विज्ञप्ति जारी गर्दै प्रदर्शन सफल बनाउन अहोरात्र खट्नु हुने भ्रातृ संघका सँगै पार्टीको सबै तहका कार्यकर्तालाई बधाई ज्ञापन गरेका हुन् ।
यस्तै पार्टीका शुभचिन्तक र शुभेच्छुकहरु तथा सामाजिक संजाल मार्फत भूमिका निर्वाह गर्ने विशेषतः युवाहरू सबैमा उनले बधाई ज्ञापन गरे । संसद विघटन नेपाली काँग्रेसको १३ वटा भ्रातृ संघले आज आयोजना गरेको विरोध प्रदर्शन ७७ वटै जिल्लाहरुमा व्यापक सहभागिता साथ सफलतापूर्वक सम्पन्न भएको देउवाका् भनाइ छ ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रदर्शनले केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक, सर्वसत्तावाद उन्मुख कदम एवं मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड—१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध जनभावना अभिब्यक्त गरेको छ ।’
प्रतिक्रिया