प्रधानमन्त्रीलाई पार्टीभित्रैबाट असहयोग भयो : उपप्रम

नेपालखोज २०७७ माघ १९ गते २१:०३

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार बनेदेखि नै अर्को समूहले कचकच शुरु गरी असफल बनाउन मात्रै लागेको बताउनुभएको छ ।” स्थानीय बट्टारमा नेकपाको जिल्लास्तरीय बृहत् कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सचिवालय सदस्य पोखरेलले सानातिना समस्यालाई पाखा लगाएर पार्टी एकीकरण नै गराउन प्रधानमन्त्री केपी शर्मा ओली सफल भए पनि असहयोग मात्र मिलेको बताए ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले देशलाई अराजकतातर्फ लैजाने प्रवृत्तिलाई परास्त गर्नका लागि प्रधानमन्त्री ओलीलाई आफूले साथ दिएको बताए ।

प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमालले विदेशी उक्साहटबाट नै पार्टीभित्र अहिलेको विग्रह आएको बताए । उनले अर्को समूह पैसा, पद र परिवारमा सीमित भएको जनाउँदै प्रतिस्पर्धा र क्षमताका आधारमा पद पाउनेभन्दा पनि कागताली र अपुतालीमा पद पाउनेबाट केही उपलब्धि नहुने र कम्युनिष्ट आन्दोलन सफल नहुने बताए ।

प्रतिक्रिया