७७ वटै जिल्लामा भूमि आयोगका पदाधिकारी नियुक्त

नेपालखोज २०७७ माघ १९ गते २२:१३

काठमाडौं । सरकारले ७७ वटै जिल्लामा भूमि आयोगका पदाधिकारी नियुक्त गरेको छ ।

सरकारले आयोग गठन आदेश २०७६, को दफा ८ को उपदफा (१) बमोजिम जिल्ला समितिमा रहने अध्यक्ष, विज्ञ र सदस्य गरी तीन–तीन जना नियुक्त भएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नियुक्त भएका पदाधिकारीलाई माघ २४ गते अभिमुखीकरण र शपथ ग्रहणको कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

प्रधानमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको उपस्थितिमा भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले शपथ ग्रहण गराउने कार्यक्रम छ ।

सूची हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया