आइतबार, वैशाख ७, २०८२

बुधबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित

नेपालखोज २०७७ माघ २० गते १३:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारका लागि बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

बुधबार साँझ ५ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो ।

भोलि बस्ने भनिएको बैठकमा पहिलो एजेण्डा संवैधानिक निकायमा नियुक्ति सिफारिस सम्बन्धमा र दोस्रो एजेण्डामा विविध उल्लेख थियो ।

यसअघिको संवैधानिक परिषद् बैठकले विभिन्न संवैधानिक निकायमा गरेको नियुक्ति सिफारिसको सक्कलै पत्र प्रतिनिधिसभाका सभामुख अग्निप्रासद सापकोटाले आइतबार फिर्ता पठाएका थिए ।

त्यसलगत्तै प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका थिए । तर, बुधबारका लागि बोलाइएको बैठक स्थगित भएको छ ।

प्रतिक्रिया