देशका केही स्थानमा हल्का वर्षा र हिमाली भुभागमा हिमपातकाे सम्भावना
काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) छ भने मध्य तथा पूर्वी तराईका केही स्थानमा हुस्सु/कुहिरो लागिरहेको छ ।
महाशाखाका मौसमविद् निराजन सापकोटाका अनुसार नेपालगन्जदेखि पूर्व तराईका हुस्सु/कुहिरो अपराह्नसम्मै रहने सम्भावना छ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात तथा सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुको साथै तराईका केही भूभागमा हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य , सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्नसक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ ।
आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस रहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिए ।
प्रतिक्रिया