बिहीबार, माघ १०, २०८१

संवैधानिक आयोगमा नियुक्ति र शपथ रोक्न सर्वोच्चमा रिट दायर

नेपालखोज २०७७ माघ २० गते १४:१२

काठमाण्डौं । संवैधानिक आयोगमा नियुक्ति एवम् शपथ ग्रहण रोक्नका लागि सर्वोच्चमा रिट निवेदन पेश भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दर्ताको लागि बिहान मंगलबार बिहान ११ बजे नै पेश गरेका हुन् ।

Advertisement

अधिवक्ता त्रिपाठीले राष्ट्रपतिको कार्यालय शीतल निवास, नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई विपक्षी बनाएर रिट पेश गरेका हुन् ।

निवेदनमा गत मंसिर ३० गते संवैधानिक परिषद्को बैठक बसेर विभिन्न आयोगहरुमा नियुक्तिका लागि गरेको सिफारिस नियुक्ति रोक्न माग गरिएको छ ।

प्रतिक्रिया