अधिकांश फाईनान्सहरुको नाफा कमजोर, पाँच वटाको नाफा बढ्दा, नौ वटाको घट्यो

काठमाडौं । सञ्चालनमा रहेका २१ वटा फाईनान्स कम्पनीहरु मध्ये अधिकांश फाईनान्सहरुको दोस्रो त्रैमासिक नाफा कमजोर देखिएको छ । राष्ट्र बैंकको निर्देशनअनुसार फाईनान्स कम्पनीहरुले त्रैमास सकिएको पहिलो महिनाको दोस्रो हप्तासम्ममा सकिएको त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसक्नु पर्छ । तर अहिलेसम्म सञ्चालनमा रहेका २१ मध्ये १७ वटाले मात्र चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेकोमा अधिंकासको नाफा कमजोर देखिएको हो ।
अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्ने कम्पनीहरु मध्ये गोर्खाज फाईनान्स, समृद्धि फाईनान्स, आईसीएफसी फाईनान्स, पोखरा फाईनान्स र मल्टीपर्पस फाईनान्सको चालु आवको दोस्रो त्रैमाससिक नाफा सामान्यरुपमा बढेपनि मञ्जुश्री फाईनान्स, रिलायन्स फाईनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स, श्री इन्भेष्टमेन्ट फाईनान्स, युनाईटेड फाईनान्स, प्रोग्रेसिभ फाईनान्स, गुडविल फाईनान्स, सेन्ट्रल फाईनान्स र सिर्जना फाईनान्सको खुद मुनाफा भने घटेको छ । यस अवधिमा वेष्ट फाईनान्स, नेपाल फाईनान्स र जानकी फाईनान्सको खुद मुनाफा भने ऋणात्मक रहेको छ ।
गोर्खाज फाईनान्सले चालु आवको दोस्रो त्रैमासमा १७ करोड ३ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा आईसीएफसी र पोखरा फाईनान्सले सो अवधिमा १२ करोड २५ लाख ७० हजार ९ करोड ६८ लाख ८६ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन । गत आवको सोही अवधिमा भने यि फाईनान्सहरुको यस्तो नाफा क्रमशः ६ करोड १२ लाख ३५ हजार, ८ करोड १९ लाख ७० हजार र पाँच करोड ६४ लाख ८२ हजार रुपैयाँ रहेको थियो ।
चालु आवको दोस्रो त्रैमासमा समृद्धि फाईनान्सले एक करोड ६७ लाख ३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ भने मल्टीपर्पस फिनान्सले २८ लाख ६४ हजार रुपैयाँ खुद मुनाफ कमाएको छ । गत आवको सोही अवधिमा यि फाईनान्सहरुको यस्तो नाफा क्रमशः ८७ लाख ८६ हजार (ऋणात्मक) र १९ लाख ४७ हजार रुपैयाँ रहेको थियो । मञ्जुश्री फाईनान्सले भने चालुु आवको दोस्रो त्रैमासमा ११ करोड ३४ लाख २ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।
गत आवको सोही अवधिमा मञ्जुश्रीको यस्तो नाफा १४ करोड ३३ लाख ७४ हजार रुपैयाँ रहेको थियो । गत आवको दोस्रो त्रैमासमा ६ करोड २२ लाख ३९ हजार रुपैयाँ खुद मुनाफा कमाएको रिलायन्स फाईनान्सको नाफा भने चालु आवको दोस्रो त्रैमासमा घटेर ७७ लाख २८ हजार रुपैयाँमा सिमित रहेको छ । गुहेश्वरी मर्चेन्ट, श्री इन्भेष्टमेन्ट र युनाईटेड फाईनान्सले पनि चालु आवको दोस्रो त्रैमासमा ३ करोड ४७ लाख ४० हजार, ५ करोड ९१ लाख ५८ हजार र २ करोड ४३ लाख १७ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन ।
गत आवको सोही अवधिमा यि फाईनान्सहरुको नाफा क्रमश ३ करोड ८२ लाख, ६ करोड ७९ लाख ९७ हजार र ४ करोड ११ लाख ८७ हजार रुपैयाँ रहेको थियो । त्यसैगरी प्रोग्रेसिभ, गुुडविल, सेन्ट्रल र सिर्जना फाईनान्सले पनि चालु आवको दोस्रो त्रैमासमा क्रमश २ करोड ८२ लाख २ हजार, ५ करोड ५४ लाख ९१ हजार, ४ करोड ३९ लाख ४२ हजार र २ करोड ३२ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन । गत आवको सोही अवधिमा भने यि फाईनान्सहरुको यस्तो नाफा क्रमश २ करोड ९ लाख ९७ हजार (ऋणात्मक), ६ करोड १ लाख १३ हजार, ४ करोड १९ लाख ९५ हजार र ३ करोड १२ लाख ६५ हजार रुपैयाँ रहेको थियो ।
चालुु आवको दोस्रो त्रैमासिक अवधिमा बेष्ट फाईनान्स, नेपाल फाईनान्स र जानकी फाईनान्सको खुद मुनाफा भने क्रमश १० करोड ३ लाख ३८ हजार, ३९ लाख ५ हजार र ३ करोड ३० लाख ३५ हजार रुपैयाँले ऋणात्मक रहेको छ । गत आवको सोही अवधिमा यि फाईनान्सहरुको यस्तो नाफा क्रमश ४ करोड ७४ लाख ७९ हजार, २ करोड २७ लाख ३१ हजार र २ करोड ४४ लाख ५८ हजार रुपैयाँ रहेको थियो ।
कुन फाईनान्सको नाफा कति ? यस्तो छ, विवरण (रकम रु हजारमा)

नाफा घट्ने फाईनान्स कम्पनीहरु (रकम रु हजारमा)

खुद मुनाफा ऋणात्मक हुने फाईनान्स कम्पनीहरु (रकम रु हजारमा)

(श्रोत सम्वन्धीत फाईनान्सको चालु आवको दोस्रो त्रैमासिक बित्तीय विवरण)

प्रतिक्रिया