बिहीबार, चैत १५, २०८०

राष्ट्रिय महिला लिग : वालिङसँग चन्द्रपुर ३-० ले पराजित

नेपालखोज २०७७ माघ २० गते १८:५३

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा स्याङ्जाको वालिङ नगरपालिकाले चन्द्रपुर नगरपालिकालाई तीन–शून्यले हराएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा मङ्गलवार भएको खेलमा वालिङका लागि मेथो रुथले दुई र टोउटा ओर्नेलाले एक गोल गरिन् । नोइल्लीले खेलको ३७ औँ मिनेटमा गोल गरिन् भने रुथोले ४५ र ५३ औँ मिनेटमा गोल गरिन् ।

यो जितसँगै वालिङ ६ खेलमा आठ अङ्क जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पाँच वटा हार बेहोरेको चन्द्रपुर ३ अङ्कसहित छैटौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया