शनिबार, वैशाख १३, २०८२

ताप्लेजुङको सिनाममा आगलागी, पाँच घर जलेर नष्ट

नेपालखोज २०७७ माघ २१ गते १०:२४

ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङको सिरिजंघा–१ सिनाम डाँडा गाउँमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् ।

मंगलबार अपराह्न करिब ४ बजेबाट सुरु भएको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सक्रियतामा अढाइ घण्टामा नियन्त्रणमा आएको थियो ।

आगलागीबाट डाँडा गाउँका दीपेन्द्र गिरी, टेकनाथ गिरी, शान्तिराम गिरी र दीपक गिरीको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट मानवीय क्षति भने नभएको र आगलागीपछि पीडित परिवार पाल टाँगेर बसेका छन् ।

बच्चाले भान्सामा आगो फुक्ने क्रममा आगो सल्किएको बताइएको छ । आगलागीबाट ५६ लाख ७८ हजार बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया