सोमबार, पुष २९, २०८१

ललिता निवास जग्गा प्रकरण : व्यवसायी मीनबहादुर गुरुङ अदालतमा उपस्थित

नेपालखोज २०७७ माघ २१ गते १२:४५

काठमाडौं । ललिता निवास जग्गा हिनामिना मुद्दामा व्यवसायी मीनबहादुर गुरुङ बुधबार विशेष अदालत उपस्थित भएका छन् ।

Advertisement

३९ करोड २७ लाख रुपैयाँ बिगो दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर भएको एक वर्षपछि भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक गुरुङ बुधबार अदालत उपस्थित भएका हुन् । गुरुङले सो जग्गा अहिले पनि स्टोरका रूपमा प्रयोग गर्दै आएका छन् ।

ललिता निवास जग्गा व्यक्तिको नाममा ल्याउन उनले आर्थिक लगानी गरेको र पछि आफ्नै नाममा ल्याएको आयोगको छानबिनमा भेटिएको थियो ।

यसअघि विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले गुरुङको बयान लिई थुनछेक आदेश दिनेछ ।

प्रतिक्रिया