शुक्रबार, माघ ११, २०८१

शान्तिपूर्ण होला त प्रचण्ड–नेपाल समूहको आमहड्ताल ?

नेपालखोज २०७७ माघ २१ गते १४:५१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले सरकारी गुण्डाराज अन्त्य गर्नका लागि बिहीबार आमहड्ताल गर्नुपर्ने बताएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रचण्ड–नेपाल समूहले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।

Advertisement

प्रतिनिधिसभा विघटनको विरुद्ध आन्दोलनमा रहेको उक्त समूहले सरकारले असंवैधानिक ढंगले संवैधानिक निकायका पदाधिकारी नियुक्ति गरेपछि त्यसविरुद्ध आकस्मिक रुपमा आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने भएको हो ।

संवैधानिक निकायमा गरिएको नियुक्तिको विरोधमा भोलि आमहड्तान गर्नुपर्ने अवस्था सिर्जना भएको नेता नारायणकाजी श्रेष्ठले बताए ।

आमहड्ताल गर्नु आफूहरुको बाध्यता भएको बताउँदै प्रवक्ता श्रेष्ठले लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध सरकार अघि बढेको भन्दै ओली सरकारविरुद्ध सशक्त आन्दोलन गर्नुपरेको बताए ।

आमहड्ताल शान्तिपूर्ण हुने उनको दावी छ । परीक्षा दिन जाने विद्यार्थीहरुले प्रवेश पत्र देखाएमा आफ्ना सवारीसाधन चलाउन पाउने उनले बताए ।

आमहड्तालमा यातायात, पसल, उद्योग, व्यवसाय, कलकारखाना, शिक्षण संस्था बन्द हुने प्रचण्ड–नेपाल समूहले जनाएको छ । अस्पताल, एम्बुलेन्स, पानी, दुध, औषधि लगायतका अत्यावश्यक सेवाहरु सञ्चालन गर्न पाइने छ ।

यो पनि

प्रचण्ड-नेपालले समूहले बिहीबार देशव्यापी आमहड्ताल गर्दै

प्रतिक्रिया