अख्तियारका नवनियुक्त प्रमुखले पदभार सम्हाले
नेपालखोज
२०७७ माघ २१ गते १५:१४
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख प्रेमकुमार राईले बुधबार कार्यभार सम्हालेका छन् । बुधबार दिउँसो टंगालस्थित आयोगको मुख्यालय पुगेर राईले कार्यभार सम्हालेका हुन् ।
बुधबार बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । राईसँगै आयोगको सदस्यमा नियुक्त जयबहादुर चन्द र किशोरकुमार सिलवाल पनि कार्यालय पुगेर पदभार सम्हालेका छन् ।
सरकारले राईसहित ३८ जनालाई विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया