२१ लाख चेक अनादर मुद्धाका फरार प्रतिवादी भण्डारी पक्राउ
नेपालखोज
२०७७ माघ २१ गते २०:१७

काठमाडौैं । २१ लाख रुपैयाँ चेक अनादर मुद्धाका फरार प्रतिवादी पक्राउ परेकी छन ।
महानगरीय अपराध महाशाखा मिनभवनका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार झापाको भद्रपुर न.पा.वडा नं. ५ स्थायी घर भई हाल भक्तपुर सानो ठिमी बस्ने नर्बदा उपाध्याय भण्डारी चेक अनादर मुद्धामा पक्राउ परेकी हुन् ।
भण्डारीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट विसं २०७६ माघ २४ गते भएको २१ लाख रुपैयाँको चेक अनादर बिगो मुद्दामा दुई वर्ष कैद सजाय फैसला भएको थियो । सो पश्चात भण्डारी हालसम्म फरार रहेकोमा खोजतलास गर्ने क्रममा आज बिहान १०ः३० बजे भक्तपुरको मध्यपुर ठिमि न.पा. वडा नं. २ बाट नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि काठमाडौं जिल्ला अदालत पठाईएको प्रहरी उपरीक्षक कोईरालाले जानकारी दिएका छन् ।
सम्बन्धित

प्रतिक्रिया